शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा

राम्रो अनलाइन     ०६ माघ २०८२, मङ्गलबार

काठमाडौं–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । 

पुनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । 

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार पुनले राजीनामा दिएको मौखिक जानकारी गराएका छन् ।  पुनले केही बेरमा सार्वजनिक रुपमै आफ्नो राजीनामाबारे जानकारी दिने भएका छन् । 

प्रतिक्रिया