शिल्पीमा युगको साँचो मञ्चन 

राम्रो अनलाइन     ०६ साउन २०८१, आइतबार
शिल्पीमा युगको साँचो मञ्चन 


काठमाडौँ– काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘युगको साँचो’ मञ्चन भइरहेको छ। रङ्गकर्मी टंक चौलागाईंले नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’लाई परिमार्जन एवं निर्देशन गरी नेपाली परिवेश अनुसारको नाटक ‘युगको साँचो’ तयार गरेका हुन्।

विद्यार्थीहरुलाई नाटक सिकाउने रङ्गकर्मी चौंलागाईंले बालबालिका केन्द्रित नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’लाई ‘युगको साँचो’मा ढालेर युवा लक्षित कथा तयार पारेका छन्।

चौलागाईंले नाटक युगको साँचोमा नेपालमै उद्योग सञ्चालन गरेर युवा पुस्तालाई रोजगार दिन सकिने बहस गर्न खोजेको जनाए। १३ जना कलाकारले अभिनय गरेको नाटकको समय डेढ घण्टा छ। मंगलबारबाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार दिउँसो १ बजे पनि नाटक मञ्चन गरिनेछ। असार २७ गतेदेखि मञ्चन सुरु भएको नाटक साउन १९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया