श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित

एजेन्सी     ०४ साउन २०७९, बुधबार
श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित


कोलम्बो–श्रीलङ्काको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन् ।  संसद्मा आज भएको राष्ट्रपतीय निर्वाचनमा एकसय ३४ मतका साथ उनी विजयी भएका हुन् । 

सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसनल पिपल्स पावर (एनपिपी)की नेत्री अनुरा कुमारा दिसानायकेले तीन भोट पाएका बताए । 

श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा छ पटक सेवा गरेका नवनिर्वाचित राष्ट्रपति विक्रमसिङ्घेले अति कठिन परिस्थितिमा रहेको  देशलाई गम्भीर आर्थिक सङ्कटबाट बाहिर निकाल्न आफूले धेरै चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।
 

प्रतिक्रिया