श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाल पराजित

राम्रो अनलाइन     २५ असार २०८१, मङ्गलबार
श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाल पराजित

 

काठमाडाैं – श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिम पहिलो खेलमा पराजित भएको छ। मंगलबार सम्पन्न पहिलो खेलमा श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली टिम ३३ रनले पराजित भएको हो।

श्रीलंकाको टिमले दिएको ११९ रनको लक्ष्य पछाएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउदै ६३ रन बनाएको थियो। नेपाललाई १५ ओभरमा ९६ रनको रिभाइज लक्ष्य दिइएको थियो। यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाको डेभलपमेन्ट टिमले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो।

यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका डेभलपमेन्ट टिमले १-०को अग्रता लिएको छ। महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले अब दोस्रो टी-२० खेल बुधबार खेल्ने छ।   

प्रतिक्रिया