श्रीलंकाका कप्तान हसरंगाको राजीनामा

राम्रो अनलाइन     २८ असार २०८१, शुक्रबार
श्रीलंकाका कप्तान हसरंगाको राजीनामा

 

काठमाडौं– वानिन्दु हसरंगाले श्रीलंकन ट्वान्टी–२० टोलीको कप्तानबाट राजीनामा दिएका छन्। हसरंगाको कप्तानीमा श्रीलंकाले भर्खरै सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकपमा खराब प्रदर्शन गरेको थियो । प्रतियोगितामा टोलीले समूह चरण पनि पार गर्न सकेन ।

श्रीलंका क्रिकेट बोर्डका अनुसार हसरंगाले राजीनामा पत्रमा भनेका छन्, ‘एक खेलाडीको हैसियतले श्रीलंकाका लागि म सधैं उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’ भारतसँगको शृंखलाअघि हसरंगाबाट यस्तो निर्णय आएको हो । यसै महिनाको अन्त्यमा भारत समान तीन ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि श्रीलंका जाँदैछ ।

ट्वान्टी–२० शृंखला जुलाई २६ देखि २९ र एकदिवसीय शृंखला अगस्ट १ देखि ७ सम्म हुनेछ । हसरंगाको कप्तानीमा श्रीलंकाले जम्मा १० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा टोलीले ६ जित निकालेको थियो । 

प्रतिक्रिया