सक्किगोनी टिमले बनाउने पहिलो फिल्मको नाम– ‘लाज शरणम्’

राम्रो अनलाइन     ०३ फागुन २०८०, बिहिबार
सक्किगोनी टिमले बनाउने पहिलो फिल्मको नाम– ‘लाज शरणम्’

काठमाडौँ–  चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले नयाँ चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ ।  यो सिरियलको टिमले बनाउन लागेको पहिलो फिल्मको नाम ‘लाज शरणम्’ राखिएको छ । 

वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिएको हो । । यो फिल्मलाई कुमार कट्टेल र अर्जुन घिमिरेको टिमले निर्देशन गर्ने जानकारी समेत दिइएको छ । चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन ।

फिल्ममा कुमार, अर्जुनका साथमा ‘सक्किगोनी’मा काम गरेका थुप्रै कलाकारहरूको अभिनय रहनेछ । यस्तै, फिल्ममा फिल्म क्षेत्रका नाम चलेका कलाकारहरूलाई पनि समावेश गर्ने तयारी यो टिमको छ ।

प्रतिक्रिया