सनब्लक क्रिमको बट्टामा लेखिएको एसपीएफको अर्थ ‘सन प्रोटेक्सन फ्याक्टर’हो । नेपाली बजारमा १५ देखि १०० नम्बर उल्लेख गरिएका सनब्लक क्रिम पाइन्छन् । सनब्लक क्रिम, लोसन, जेल र स्प्रेमा पनि उपलब्ध हुन्छ ।
यसको मुख्य काम भनेको सूर्यको अल्ट्राभ्वाइलेट किरणलाई केही मात्रामा भएपनि सोस्नु र परावर्तन गर्नु हो । यसले छालालाई घाममा डढ्नबाट जोगाउँछ । छालाको किसिमअनुसार एसपीएफ नम्बर छनोट गर्नुपर्ने हुन्छ । गोरो छालाका लागि बढी एसपीएफ चाहिन्छ । जति बढी एसपीएफ छ त्यति नै धेरै समयसम्म सनब्लकले काम गर्छ । सुक्खा छालामा क्रिम र लोसन प्रयोग गर्नुपर्छ । डन्डीफोर भएको र चिल्लो छालाकालागि जेल तथा स्प्रे प्रयोग गर्नुपर्छ । स्किनमा लाइटिङ ल्याउने क्रिममा पनि सनस्क्रिनक्रिम मिसाएको हुन्छ ।
सनस्क्रिनले फिजिकल तथा केमिकल दुवै तरिकाले छालाको सुरक्षा गर्छ । सनस्क्रिन लगाएपछि घामका किरणलाई परावर्तन गर्ने काम फिजिकल हो भने यसले घामबाट डढेको छालालाई थोरै मात्रामाभएपनि रिपेयर गर्ने कामचाहिँ केमिकल हो । सूर्यको खराब किरणलाई सोस्ने काम पनि केमिकल भित्रपर्छ ।
सनस्क्रिनले छालाको सुरक्षागर्ने हो भने हरेक दुई–दुई घण्टामा प्रयोग गर्नुपर्ने हुन्छ । घाममा देखिने शरीरका सबै भागमा लगाउनुपर्ने हुन्छ । कतिपयले सनस्क्रिन घाममा निस्कँदामात्र लगाउनुपर्छ भन्ने ठान्छन् । तर, राति सुतेर उठेपछि उज्यालोमा जानुअघि पनि सनस्क्रिन लगाउनुपर्छ । अँध्यारोबाट उज्यालोतिर जाँदाछालामा हुने असर कम गर्न पनि यो क्रिम उपयुक्त हुन्छ । यसले चायापोतोे जाँदैन । छालालाई घामबाट बिग्रननदिन यो धेरै कामलाग्छ । सनस्क्रिन लगाउनु भनेको हामीले दिनहुँ दाँतमाझे जस्तै हो । हामी भविष्यमा दाँतमा कुनै खराबी नओस्भनेर जसरी ब्रस गर्छों, त्यसरीनैछालाको सुरक्षाकालागि सनस्क्रिनक्रिम लगाउनुपर्छ ।