काठमाडौं– सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् । नियमित गस्तीमा रहेको प्रहरी टोलीले आठ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।