सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए

राम्रो अनलाइन     २८ फागुन २०८०, सोमबार
सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए

 

जनकपुरधाम – सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् । मलङ्गवा–नवलपुर सडकखण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुर चोकस्थित एक साइकलयात्रीलाई ग २ ख १४४० नम्बरको यात्रुवाहक बसले  आज बिहान ठक्कर दिएपछि आक्रोशित भीडले बसमा आगजनी गरेका हुन्। 

बसको ठक्करले गम्भीर घाइते भएका कविलासी नगरपालिका–१०, सलेमपुरका जुगल किशोर महतोलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि  थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया