स्रोत नखुलेको साढे १० लाख नगदसहित दुईजना पक्राउ

राम्रो अनलाइन     ०१ चैत २०८२, आइतबार
स्रोत नखुलेको साढे १० लाख नगदसहित दुईजना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–१ जय नेपाल हलनजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । 

काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनील श्रेष्ठ पक्राउ परेका प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२ ५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया