मोडलिङ, अभिनय र इभेन्ट अग्रनाइजरका रूपमा दुई दशकभन्दा लामो समयदेखि क्रियाशील दिनेश शाहीले ‘सर्पोट ग्रुप’ नाम दिएर एकआपसमा सहयोग आदन प्रदान गर्ने अभियान सुरु गरेका छन् । विभिन्न क्षेत्रका करिब तीन सय जना जोडिएको यो समूहले सहकार्य मार्फत समाजका विभिन्न क्षेत्रमा सहयोग पुर्याउने लक्ष्य लिएको छ । ग्रुपले हरेक महिना भेटघाट एवं आफूले गरेका कार्यहरूको समीक्षा गर्ने गरेको संयोजक दिनेश शाहीले बताए । यसै क्रममा हालै काठमाडौंको बाराही होटलमा बैठक आयोजना गरिएको थियो । सो अवसरमा रशलाइट मिडियाले फेशन शो आयोजना गरेको थियो । शोको कोरियोग्राफी रमिता भण्डारीले गरेकी थिइन् ।











