सुनकाे मूल्य २ लाख ६० हजार नाघ्यो

राम्रो अनलाइन     ०३ पुस २०८२, बिहिबार

काठमाडाैं– सुन फेरि नेपाली बजारमा आज बिहीबार सुनको भाउ बढेको छ ।  आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ तोकेको छ ।

हिजो बुधबार सुन २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार सुन २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसअघि सोमबार सुन २ लाख ६० हजार ७०० र आइतबार २ लाख ५८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८० रुपैयाँ तोकिएको छ । हिजो चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो। 

मंगलबार ३ हजार ८ सय ८५ रुपैयाँमा किनबेच भएको थियो । त्यसअघि सोमबार ३ हजार ८ सय ७० र आइतबार ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया