सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

राम्रो अनलाइन     ०२ चैत २०८२, सोमबार
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार (चैत २) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । 

आजको मूल्य प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम छ । अघिल्लो दिन तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला पाँच हजार २७० रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार २६५ रुपैयाँ तोकिएको छ ।
 

 

प्रतिक्रिया