काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत ९) सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो । आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो । आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार भने दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५४० रुपैयाँ थियो ।