काठमाडौं – तामाकोसीमा बस खसेको एक सातापछि बालकको शव फेला परेको छ।
सिन्धुली गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोसी नदी किनारामा सोमबार बिहान बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
उक्त शव रामेछापको मन्थली नगरपालिका– २ पिप्ले बस्ने हेमलाल तामाङका छोरा नौ वर्षीय कृचन तामाङ हुन्। उनको शवको पहिचान ठूलोबुवा युबराज तामाङले गरेका हुन्।
योसँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। माघ २७ गते बिहान बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुल नजिकैबाट तामाकोसी नदीमा खसेको थियो।