ताप्लेजुङको मेरिङदेनमा आगलागी

राम्रो अनलाइन     ०७ चैत २०८०, बुधबार
ताप्लेजुङको मेरिङदेनमा आगलागी


ताप्लेजुङ–ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन् ।  मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा  आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया