ट्रमा सेन्टरमा पाँचसहित ८ जनाको मृत्यु

राम्रो अनलाइन     २३ भदौ २०८२, सोमबार
ट्रमा सेन्टरमा पाँचसहित ८ जनाको मृत्यु

काठमाडौं–  जेनजीले गरेको आन्दोलनमा भएको झडपमा कम्तिमा पनि सात जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । 

काठमाडौं प्रहरीका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टरमा मात्रै पाँच जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते उनीहरुको मृत्यु भएको हो । सिभिल अस्पतालमा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ । प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा 'जेन–जी'हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।
 

प्रतिक्रिया