काठमाडौँ–आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् ।
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइएको छ । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गरेका थिए।
यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको थियो । पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।

विश्व पर्यटन दिवसका अवसरमा बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका पर्यटकलाई स्वागत गर्दै भीमदत्त नगरपालिकाका प्रमुख पदम् बोगटी ।

विश्व पर्यटन दिवसको अवसरमा बुधबार बेलहिया नाका हुदै नेपाल आउनु भएका पहिलो पर्यटकलाई रथारोहण सहित स्वागत गरिदै ।
विश्व पर्यटन दिवसको अवसरमा बुधबार तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकलाई स्वागत गर्दै होटल व्यवसायी ।
_1695804138.jpg)
विश्व पर्यटन दिवस– २०८० को अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा सहभागी ।
विश्व पर्यटन दिवसका अवसरमा पर्यटन तथा उद्योग कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागीहरु ।
विश्व पर्यटन दिवसका अवसरमा बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई मार्गबाट पहिलो उडानमा आएका पर्यटकलाई खादा र माला लगाएर स्वागत गर्र्दै पर्यटन व्यवसायी ।

‘गोल्डन ट्रयाङ्गल बाइक टूर २०२३’ ले ४४औँ विश्व अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा आयोजना गरेको ‘बाइक टूर’ का सहभागी बाइक राईडर्स । सो टुरमा पत्रकार, कलाकार, साहित्यकारलगायत १०० जना राईडर्सले असोज १० देखि १५ सम्म नेपालको विभिन्न पर्यटकीय स्थलमा भ्रमण गर्ने छन् ।

हिमाली जिल्ला मनाङमा बाह्य तथा आन्तरिक पर्यटक रमाउँदै । हालसम्म जिल्लामा १४ हजार १७७ बाह्य पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङको तथ्याङ्कमा उल्लेख छ । आन्तरिक पर्यटकको भने तथ्याङ्क राख्ने गरिएको छैन ।