तस्बिरमा हेर्नुहोस्  राष्ट्रिय धान दिवस 

लक्ष्मीप्रसाद ङाखुसी     १५ असार २०८१, शनिबार
तस्बिरमा हेर्नुहोस्  राष्ट्रिय धान दिवस 


काठमाडौं– आज असार १५। ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ। आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाइँदैछ।

प्रतिक्रिया