भाँच्चिएको मन बोकेर
मान्छे भौतारिन्छ
नग्न सडकमा ओहोर दोहोर गर्दै,
जिजीविषा कुल्चिएर
मृतालय धाउँछ
जिन्दगीको भारि बिसाउँन ।
म आन्दोलित छु
मान्छेहरुको मन जित्न
मलाई मृत्युले दपेट्छ
म प्रतिकार गर्छु
मृत्यु हारेर जान्छ
म एक कदम अगाडि बढ्छु ।
तिमी भूत संग डराउँछौ
म भविषय सगं डराउँछु
वर्तमान हाम्रो हातबाट खोशेर
समय भूमिगत भएकको छ
हामीलाई दिशाहीन बनाएर
हामीले खोज्नु छ
हराएको आफ्नै समय
मेटिएको आफ्नै अनुहार
रोप्नु छ नयाँ विउ
उमार्नु छ सृजनाको फूल
फलाउनु छ एकताको फल
धरतीलाई तन्मयले सिञ्चन गरी ।
हाम्रो आस्था मारिएको छ
खोशिएका छन हाम्रा सपना
भाग्यलाई दोषी देखाएर
लुटिएका रहेछन हाम्रा श्रम र पसिना
नयन झुकाई
जदौ हजुर गर्दा पनि
खुशी हुँदैन मालिक
पुग्दैन काम
पशुवत व्यहार देखाउँदै
हामी माथि हुकुम चलाउँछ
हाम्रो अपमान गर्ने गरी ।
मान्छेले धैर्यता गुमाएको छ
मनहरु त भाँच्चि सके
नग्न सडकमा भौतारिएर
जिजीविष कुल्चे पछि
हराएको भविष्य कसरी खोज्ने ?
जिन्दगीको भारि कसरी विसाउने ?
संकट मोचन हुनै नसकी
दलदलमा फसाइएको छ मान्छे ।
मान्छेले मान्छेकै शिकार गर्छ
आत्मग्लानी छैन
न कुनै पश्चाताप ?
आत्मरतिमा रमाउँदै मान्छे
अहंकारको डम्फु बजाउँछक् ।
युद्ध हारेको सिपाही जस्तो
मैले आत्मसमर्पण गर्नु हुन्न
म शेरिन तयार रहुँला
मेरो उँचो शिर कदापि झुक्ने छैन ।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५
kpchandra2023@gmail.com