विराटनगरद्वारा लुम्बिनीलाई १४५ रनको लक्ष्य

राम्रो अनलाइन     १७ मंसिर २०८२, बुधबार
विराटनगरद्वारा लुम्बिनीलाई १४५ रनको लक्ष्य

काठमाडाैं– नेपाल प्रिमियर लिग९एनपिएल० अन्तर्गत जारी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४४ रनको चुनौती दिएको छ। विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको हो। 

बुधबार दिउँसो लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितले विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए। खेलमा लुम्बिनीका बलरले विराटनगरमाथि सुरुवात देखि नै दबाबमा राखेका थिए। जसले विराटनगरको अवस्था चिन्ताजनक अवस्थामा पुगेको थियो।  

त्यसपछि विराटनगरलाई अघिल्लो खेल जिताएका बसिर अहमदले आएर छोटो, तर राम्रो इनिङ खेल्दा लुम्बिनीसामू चुनौतीपूर्ण लक्ष्य तयार भएको हो।   खेलमा बसिरले १९ बलमा २८ रनको योगदान दिँदा लोकेश बमले ४२ बलमा ३५ रन बनाए। यस्तै साम हेजलेटले २० बलमा २७ रनको योगदान दिए।  

लुम्बिनीका बलमार शेर मल्लले ३, जेजे स्मिथ, अभिशेष गौतम, रुबेन ट्रम्पलम्यानले एक–एक विकेट लिए। 

प्रतिक्रिया