युरोपियन च्याम्पियन्स लिगस् सिटी र रियलबीच बराबरी

राम्रो अनलाइन     २८ चैत २०८०, बुधबार
युरोपियन च्याम्पियन्स लिगस् सिटी र रियलबीच बराबरी

 


काठमाडौं – साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक १४ पटकको विजेता रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा ३–३ को बराबरी खेलेका छन्।रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगमा दुवै टोलीले अग्रता लिए पनि जोगउ नसकेनन् र खेल बराबरीमा सकिएको हो। 

बर्नार्डो शिल्भाले दोस्रो मिनेटमै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए पनि सिटीकै रुबेन डियाजको आतमघाती गोलमा १२औं मिनेटमा रियलले खेल बराबरी गरेको थियो। त्यसको दुई मिनेटपछि रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए। तर ६६औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए।

७१औं मिनेटमा जस्को गार्डिओलले गोल गरेपछि सिटीले फेरि खेलमा अग्रता बनाउँदै जिततर्फ लम्किएको थियो। तर रियलका फेडरिको भाल्भेरेडेले ७९औं मिनेटमा गोल गरी खेल बराबरी गरे। पहिलो लेग रोमाञ्चक बराबरीपछि दोस्रो लेगमा अब दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता हुनेछ। अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा इंग्ल्स क्लब आर्सनलले जर्मा जायन्ट बायर्न म्युनिखसँग २(२ को बराबरी खेलेको छ।

१४ वर्षपछि च्याम्पियन्स लिग क्वाटरफाइनल खेलिरहेको आर्सनलका लागि घरेलु मैदान एतिहाड स्टेडियममा बुकाया साकोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर १८औं मिनेटमा आर्सनलकै पूर्व खेलाडी सर्ज जिनाब्रीले बायर्नका लागि बराबरी गोल फर्काए। त्यसपछि ह्यारी केनले ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर ७६औं मिनेटमा लियोन्ड्रो ट्रोसार्डले बर्सनलका लागि बराबरी गोल फर्काए।

प्रतिक्रिया