काठमाडौँ–पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्व. गीरिजा प्रसाद कोइरालाको स्मृतिमा स्थापित जीपी कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभाग संयोजक तुलसी थापा मगरले फाउन्डेसनको गतिविधि संसारभरी फैलने विश्वास व्यक्त गरेकी छिन् । हाल डेनमार्कमा रहेकी थापा मगरले राम्रोअनलाइन डटकमसँगको कुराकानीमा सो विश्वास व्यक्त गरेकी हुन् ।
उनले डेनमार्कमै एनआरएनए तथा जन सम्पर्क समितिका नेतृत्वमा रहेका व्यक्तित्वसँगको भेटघाटको क्रममा संस्थाका आगामी कार्यक्रमका बारे समेत छलफल गरेकी छिन् ।
उनले एनआरएनए डेनमार्कका अध्यक्ष कमल राज शर्मा, महासचिव नवीन आचार्य, जन सम्पर्क समिति डेनमार्कका सभापति यादव बस्नेत, निवर्तमान सभापति वीरेन्द्र सिंह कार्की, उपसभापति दीपेन्द्र चुँडाल र वरिष्ठ उपसभापति गोविन्द पौडेलसँगको थापा मगरको भेट भएको थियो । नेपाल आइटीएफका खेलाडी एसियाली प्रतियोगिताका स्वर्ण विजेता प्रज्वल गड्तौलासँग पनि भेट गरेकी छिन् । नेपाल आइटीएफमा लामो समयदेखि सक्रिय थापा हाल इन्टरनेसनल मार्सल आर्ट गेम्स कमिटी (NMMGC)को कोषाध्यक्ष हुन ।