भिक्षु धर्ममूर्तिको संयोजकत्वमा २५६८ औँ बुद्धजयन्ती समारोह समिति गठन

राम्रो अनलाइन     २१ वैशाख २०८१, शुक्रबार
भिक्षु धर्ममूर्तिको संयोजकत्वमा २५६८ औँ बुद्धजयन्ती समारोह समिति गठन

 

काठमाडौँ– स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६८औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन भएको छ।

आगामी जेठ १० गते बुद्ध जयन्तीका दिन स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा मेलालाई व्यवस्थित र भक्तजनलाई सहज बनाउन समिति गठन गरिएको हो। उक्त समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायतका प्रतिनिधि समावेश छन्।

विश्वसम्पदा स्वयम्भूमा त्यस दिन पूजा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट करिब दुई लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ। महासमितिका महासचिव अशोक बुद्धाचार्यले यस वर्ष महायानी परम्पराअनुसार साकादावा पनि सोही दिन परेकाले दर्शन गर्न आउने भक्तजनको सुरक्षा र सहजतालाई विशेष ध्यान दिनुपर्ने बताए। 

प्रतिक्रिया