एकैदिन सुनको मूल्य ५ हजार २०० रुपैयाँले बढ्याे

राम्रो अनलाइन     ०९ मंसिर २०८२, मङ्गलबार

काठमाडाैं–  नेपाली बजारमा एकै दिन सुनकाे मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेकाे हाे।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ।

प्रतिक्रिया