वर्षको मध्यसम्ममा विश्वका करिब ३ प्रतिशत जनसंख्याले कोभ्याक्सको कोरोना खोप पाउने

एजेन्सी     २२ माघ २०७७, बिहिबार

२०२१ को मध्यसम्ममा विश्वका करिब ३ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप पाउने भएका छन् । 

कम आय भएका मुलुकमा पनि खोपको समान पहुँचका लागि काम गरिरहेको कोभ्याक्सले योजना सार्वजनिक गर्दै वर्षको मध्यसम्ममा ३३ करोड खोप वितरण गर्ने बताएको हो ।

कोभ्याक्सले पहिलो चरणमा ३३ करोड डोज खोप वितरण गर्न लागेको हो ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा विभिन्न संस्थाद्वारा सञ्चालित कोभ्याक्स योजनाले गरिब मुलुकमा पनि खोपको समान पहुँचका लागि काम गरिरहेको छ । 

वितरित खोप विशेषगरी कोरोनाविरुद्ध अग्रपंक्तिमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई दिइनेछ ।

प्रतिक्रिया