काठमाडौं– एयर अरेबिया जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।
यूएईको सारजाह विमानस्थलबाट बुधबार बिहान ९ बजे काठमाडौँ अवतरण गरेको जी ९५३६ उडान नम्बर जहाजको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेको हो । यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्याएको छ ।