आँखा तेजिलो बनाउन 

राम्रो अनलाइन     १४ फागुन २०७८, शनिबार
आँखा तेजिलो बनाउन 

 

– बिहान उठेर सफा पानी आँखामा छ्याप्ने ।   
– आँखा क्रमशः कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने । 
– एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी आँखा धुने । 
– बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५–२० मिनेट हिँड्ने । यसो गर्दा आँखाको ज्योति क्रमशः बढ्दै जान्छ । 
– तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ । 
– पालक, बन्दाकोभी, हरियो सागसब्जी र पहेँलो फलफूलजस्ता भिटामिन–एयुक्त खानेकुरा सकेसम्म बढी खाने । यस्ता फलफूल र तरकारी खानाले रतन्धो लाग्ने जोखिम पनि कम हुन्छ । 
– एक÷दुइटा गाजर दिनहुँ खाने । गाजरको रस निकालेर खाना खाएको एक घण्टापछि पिउने बानी बसाल्ने । 
– नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ । 
– १० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण एक चम्चा दूधसँग नियमित खाने । 
– सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको पानी कपासको मद्दतले आँखामा हाल्ने । र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै ठूलो अन्तर महसुस हुन्छ । 
– बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने । 
– आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ । 
– राति ओछ्यानमा पल्टिएर नपढ्ने । 
– आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर पाइन्छ, जुन आँखा तेजिलो बनाउन उपयोगी हुन्छ । 
– भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन–ईलगायत तत्व आँखाका लागि लाभदायक हुन्छन् । – पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।  

प्रतिक्रिया