चलचित्र ‘चुरीफुरी’ रिलिज हुँदै 

राम्रो अनलाइन     ०७ पुस २०७८, बुधबार
चलचित्र ‘चुरीफुरी’ रिलिज हुँदै 

 

दशैंमा रिलिज भएको ‘डाँडाको वरपीपल’ नामक चलचित्रले बक्स अफिसमा कुनै कमाल नगरेपछि नेपाली चलचित्रले बक्स अफिसलाई कहिले चलायमान बनाउँछन् भन्न सकिने अवस्था छैन ।

तर, बलिउड र हलिउड चलचित्रले बक्स अफिसमा तहल्का मच्चाइरहेको समयमा शुक्रबारदेखि भने चलचित्र ‘चुरीफुरी’ रिलिज हुँदैछ । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो चलचित्रले बक्स अफिसको ढोका खोल्ने अपेक्षा गर्न सकिन्छ ।

निर्देशक ऋषिराज आचार्यले हलमा दर्शक पुगेपछि भने यो चलचित्रलाई मन पराउने विश्वास लिएका छन् । उनको जस्तै विश्वास कलाकार अभिषेक श्रेष्ठको पनि छ । सामाजिक कथावस्तुलाई कमेडी रसमा प्रस्तुत गरिएकाले पनि ‘चुरीफुरी’ दर्शकको रोजाइमा पर्ने उनको भनाइ छ ।

दर्शकले नेपाली चलचित्र प्रतीक्षा गरिरहेकाले पनि यो चलचित्रले दर्शक तान्ने अपेक्षा निर्माणपक्षको छ ।

‘चुरीफुरी’मा अभिषेक श्रेष्ठ, पूजा पन्त, रविन्द्र झा, सुवोधे गौतम, दीपकप्रसाद आचार्य लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया