काठमाडौं : दुलहा–दुलहीको सरसामानमा विशेष ध्यान दिइन्छ। दुलहीको दराजमा हुनुपर्ने सामानको सूची यस्तो छः
बनारसी सारी
बनारसी सारीलाई आजभोलि धेरैले मन पराउने गरेका छन्। त्यसैले नवविवाहित दुलहीको दराजमा बनारसी सारी छुट्नुहुन्न।
लेहंगा
लेहंगाले दुलहीको दराजका शान बढाउँछ। गोल्डेन रङको लेहंगा बेहुलीले विभिन्न अवसरमा लगाउन सक्छिन्। त्यसैले गोल्डेन रङका लेहंगा दुलहीको दराजमा भएको राम्रो।
चम्किला जुत्ता–चप्पल
दुलहीले धेरैजसो गोल्डेन र सिल्भर रङका जुत्ता–चप्पल लगाउने गर्छन्। अरूभन्दा फरक र आकर्षक देखिन चम्किला रङका जुत्ता–चप्पल दुलहीको दराजमा हुनुपर्छ।
फ्ल्याट चप्पल
बिहेमा हिल जुत्ता लगाइए पनि दुलहीको दराजमा फ्ल्याट चप्पल अनिवार्य हुनुपर्छ। आफन्तकोमा भेटघाट गर्न जाँदा अथवा सानातिना कार्यक्रममा जाँदा दुलहीका खुट्टामा रंगिन फ्ल्याट चप्पल सुहाउँछ।
ह्यान्ड ब्याग
ठूला काँधमा बोक्ने ब्यागभन्दा स–साना ह्यान्ड बोक्न सजिलो हुन्छ, दुलहीका लागि। इम्ब्रोइडरी गरिएको चम्किला ब्याग बेहुलीलाई सुहाउँछ। त्यसैले दराजमा नछुटाई राख्नुपर्छ।