कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

राम्रो अनलाइन     ०१ पुस २०८१, सोमबार
कर्णाीलीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्ससामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पार्यो । कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए ।

सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई तथा सेफ जैबले एक विकेट लिए । पहिलो ओभरको अन्तिम बलमा ऋत गौतमलाई खाता पनि खोल्न नदिइन हरमित सिंहले बोल्ड गरे ।

दोस्रो ओभरको अन्तिम बलमा स्कटक कुग्गेलिजनले बाबर हायतलाई अभिनास बोहराबाट क्याच गराए । उनले ९ बलमा तीन चौकाको मद्दतले १३ रन बनाए ।

प्रतिक्रिया