काठमाडाैं – ओपनर शिखर धवनको अर्धशतकीय पारीप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजविरुद्ध १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १४९ रनको योगफल तयार पार्यो ।