मारवाडी समुदायका लागि तिहार विशेष पर्व हो । त्यसमा पनि लक्ष्मीपूजा झन् खास हुन्छ । लक्ष्मी राति आउँछिन् भन्ने मान्यता छ । त्यसैले लक्ष्मीपूजाको रात गेट खुल्ला राख्नुपर्छ । रातभरि बत्ती बाल्नुपर्छ, ताकि टाढैबाट लक्ष्मीले घर देखेर आऊन् । अँध्यारोमा घरमा लक्ष्मी आउँदिनन् रे ।
तिहारको समयमा व्यापार–व्यवसायमा चमक आउँछ । दीपावलीको समयमा व्यापारीले डिस्काउन्ट पनि दिन्छन् । हामी लक्ष्मीपूजामा स्टाफका लागि पूरा अर्गनाइजेनसमा चिट्ठा खोल्छौँ । स्टाफलाई खुशी बनाउने प्रयत्न गर्छौं । उनीहरू खुशी भए भने मात्र लक्ष्मी खुशी हुन्छिन् । स्टाफसँग सँगै बसेर खान्छौँ । यसो गर्दा उनीहरूको उत्साह बढ्छ ।