मिराज ढुंगाना समूहले प्रधानमन्त्री कार्यालयमा बुुझाउँदै ज्ञापनपत्र

राम्रो अनलाइन     ०८ मंसिर २०८२, सोमबार
मिराज ढुंगाना समूहले प्रधानमन्त्री कार्यालयमा बुुझाउँदै ज्ञापनपत्र

काठमाडौं– ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ । सोमबार (मंसिर ८) दिउँसो ३ बजे ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने उनले बताए ।

‘आज ३ बजे प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदै छौँ । सुशासनको मर्मविपरीत सरकारले गरेका गतिविधिको खबरदारी हो,’ ढुंगानाले भने । 

तीन फरक–फरक जेनजी समूहले यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रिया