मुम्बईमा मोडलिङ गरिरहेकी निरिशा बस्‍नेत भन्छिन, मोडलिङको कमाई राम्रो छ 

राम्रो अनलाइन     २४ जेठ २०७८, सोमबार
मुम्बईमा मोडलिङ गरिरहेकी निरिशा बस्‍नेत भन्छिन, मोडलिङको कमाई राम्रो छ 

निरिशा बस्‍नेत मुम्बईको फिल्म उद्योगमा नाम बनाउन संघर्षरत छिन् । सन् २०१७ को एक दिन मुम्बई उत्रिएकी उनले चार वर्षको अवधिमा केही वेब सिरिज, केही टेलिफिल्म र थुप्रै मोडलिङ गरेकी छिन् । उता मुम्बईमा संघर्ष गरिरहे पनि उनको कलाकारिताको जरा भने नेपालसँगै जोडिएको छ । निरिशा नेपालको पहिलो सिल्बर जुब्ली हिरो विश्व बस्‍नेतकी छोरी हुन् । 

बलिउडको मनोरञ्जन उद्योगले अभिनयमा नेपाली अनुहारलाई उता साह्रो विश्वास नगरे पनि मोडलिङमा भने पत्याउने गरेको उनको अनुभव छ । अझ मल्टिनेसनल कम्पनीमा मोडलिङको अवसर पाइयो भने त दिनकै पाँच लाख रुपैयाँसम्म कमाइ हुने अनुभव संगोलेकी छिन् निरिशाले । ‘लरियल, ल्याक्मी जस्ता मल्टिनेसनल त भइहाले राम्रो भारतीय कम्पनीको ब्रान्डले पनि दुई लाखसम्म दिने गरेका छन् । गर्न सक्यो भने फिल्ममा भन्दा मोडलिङमा धेरै राम्रो पैसा छ यहाँ,’ उनले भनिन् । 

प्रतिक्रिया