काठमाडौँ– भक्तपुरमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा सई बालकृष्ण उपाध्याय मृत फेला परेका हुन् ।
उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेका छन् । उनको मृत्युको कारण खुलेको छैन ।