काठमाडौं – पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको रोमाञ्चक सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर (एनपिएल) मा शीर्ष दुईको सम्भावनालाई बलियो बनाएको छ ।
जितसँगै ६ खेलमा १० अंक जोडेको सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । पोखराले सात खेलमा चार अंक जोड्दै सातौं स्थानमा रहेर लिग सक्काएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रनमा समेटियो ।
पोखराका लागि आन्द्रेस गोसले ३६, किरणकुमार ठगुन्नाले ३२, रेमोन रिफले ३३, दिनेश खरेलले १५ र जान मलिकले १० रन बनाए । सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजनले ३.४ ओभरमा एक मेडनसहित १८ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी हरमितसिंहले तीन र सेफ जैबले एक विकेट लिए ।