राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राम्रो अनलाइन     २९ फागुन २०८०, मङ्गलबार
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

 

काठमाडौँ– राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।  मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

प्रतिक्रिया