स्कुटी चलाउने महिलालाई कपाल बिग्रने, झर्ने, टुक्रिनेलगायत समस्याले सताउन सक्छ । यस समस्याबाट छुटकारा पाउन यी उपाय अपनाउन सकिन्छः
–स्कुटी चलाउँदा प्रयोग गरिने हेलमेटको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । बेला–बेलामा त्यसलाई सफा गरिरहनुपर्छ । हेलमेटमा फोहोरमैला भयो भने त्यसको सीधा असर कपालमा पर्ने गर्छ ।
–स्कुटी चलाउँदा भरसक कपाल खुल्ला छोड्नु हुँदैन । कपाल खुल्ला राख्दा अल्झिने डर हुन्छ । खुला कपालमा घामले पनि असर पु¥याउँछ । घामको प्रभावले गर्दा केही दिनमै कपाल सुक्खा र चमकहीन देखिन्छ । त्यसैले स्कुटी चलाउँदा कपाल बान्नु नै उचित हुन्छ ।
–धुलोमाटो र घामबाट कपाललाई बचाउन स्कार्फ प्रयोग गर्न सकिन्छ । स्कुटी चलाउँदा कपालमा स्कार्फ बेरियो भने यसले कपाल उड्न दिँदैन र कपाललाई धुलोमाटोबाट जोगाउँछ ।
–कलेज वा अफिस जाने महिलाले आफ्नो ब्यागमा हेयर ब्रस राख्दा राम्रो हुन्छ । स्कुटीबाट ओर्लिसकेपछि एकचोटि कपालमा ब्रस गर्दा बसेको धुलोमाटो झर्छ ।
–स्कुटी चलाउने महिलाले भरसक कपाल छोटो राख्नुपर्छ । लामो कपाल भएकाले कपाल फोल्ड गर्नुपर्छ ।