संवदेनशील छालाका लागि मेकअप 

राम्रो अनलाइन     ०४ जेठ २०७८, मङ्गलबार
संवदेनशील छालाका लागि मेकअप 

संवेदनशील छाला भएका महिलाले मेकअप गर्दा एकदमै विचार पु¥याउनुपर्छ । अन्यथा, एलर्जी, डन्डीफोरको समस्या देखिन सक्छ । 

–संवेदनशील छालामा डन्डीफोर आउने सम्भावना बढी हुन्छ । त्यसैले फाउन्डेसन र कन्सिलरभन्दा पहिले गुणस्तरीय प्राइमर प्रयोग गर्नुपर्छ । यसो गर्दा अनुहारको छालालाई मेकअपबाट हुनसक्ने नोक्सानीबाट बचाउन सकिन्छ ।

–अइल बेस मेकअप प्रोडक्टको साटो सिलिकन बेस मेकअप प्रोडक्ट प्रयोग गर्नु राम्रो हो । यसले अनुहारको छालाका रोमछिद्रलाई बन्द हुन दिँदैन । छाला सफा र नरम बन्छ ।

–कुनै पनि कस्मेटिक प्रोडक्ट प्रयोग गर्नुअघि त्यसको जाँच गर्न नछुटाउनुहोस् । हत्केला पछाडिको छालामा अलिकति आफूले प्रयोग गर्न खोजेको कस्मेटिक प्रोडक्ट लगाएर २४ घण्टासम्म राख्नुपर्छ । एलर्जी भएन भने त्यो प्रोडक्ट प्रयोग गर्न सकिन्छ ।

–संवेदनशील छालालाई हेरचाह र सरसफाईको आवश्यकता पर्छ । त्यसैले मेकअप ब्रस प्रयोग गर्नुअघि पानी अथवा क्लिनिङ स्प्रेले राम्ररी सफा गर्नुपर्छ । यसो गरिएन भने ब्रसमा ब्याक्टिरिया हुन सक्छन् । जसले एलर्जी र डन्डीफोरको समस्या निम्त्याउन सक्छ ।

प्रतिक्रिया