सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा

राम्रो अनलाइन     ०१ पुस २०८१, सोमबार
सुदूरपश्चिमको छैटौं जित, हारका बबजुद कर्णाली प्लेअफमा

 

काठमाडौं –  लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा रहेर नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायर खेल्ने भएको छ ।

जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंक जोड्यो ।  सुदूरपश्चिमले बुधबार हुने खेलमा सात खेलबाट १० अंकका साथ दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सको सामना गर्नेछ । यता हारका बाबजुद पनि कर्णाली याक्स प्लेअफमा स्थान बनाउन सफल भएको छ । कर्णालीसँगै चितवन राइनोज र काठमाडौं गुर्खाजको समान आठ अंक रहे पनि नेटरनरेटका आधारमा चितवन र कर्णाली अगाडि बढे ।

बुधबारै हुने इलिमिनेटरमा चितवन र कर्णाली भिड्नेछन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि  इशान पाण्डेले अविजित ३८ ,कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ र सेफ जैबले ११ रन बनाए । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन प्रसालद शर्मा र नन्दन यादवले समान एक विकेट लिए । 

प्रतिक्रिया