काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय लिए । विराटनगरले यसअघि दुई खेल खेल्दा दुबैमा पराजय ब्यहोरेको छ । प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो ।