यू–१९ विश्वकप : अफगानिस्तानविरूद्ध नेपालले पहिले बलिङ गर्ने

राम्रो अनलाइन     १२ माघ २०८०, शुक्रबार
यू–१९ विश्वकप : अफगानिस्तानविरूद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौँ– आइसिसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ। दिउँसो पौने दुई बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ। 

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाएको छ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ ।

सुपर–६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए।

नेपालको प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दीपक बोहरा, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, तिलक राज भण्डारी, विपिन रावल (विकेटकिपर) र आकाश चन्द । 


 

प्रतिक्रिया