काठमाडौँ– रास्वपा उपसभापति डोल प्रसाद अर्याल (डिपी) मन्त्री बन्ने भएका छन् । पहिलो चरणमा आजै शपथ खाने मन्त्रीहरूको सूचीमा रास्वपाको तर्फबाट उनको नाम समावेश छ ।
नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिए ।