उपसभामुख राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
उपसभामुख राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान

 

काठमाडौँ–  उपसभामुख  इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् । 

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसन ( 4th China Xizang Trans -Himalayan Forum for International Cooperation)मा भाग लिन आज अपराह्न १२ बजे छेन्दु  तर्फ गएकी हुन्।  उनले उक्त फोरममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा प्रतिनिधिसभाका माननीय सदस्य सुहाङ  नेम्बाङ  र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी छन् । (Trans -Himalayan Forum for International Cooperation)  हिमाली क्षेत्रका यातायात, कृषि तथा औद्योगिक क्षेत्रका साझा मुद्दाका बारेमा चाँसो राख्ने फोरमको रुपमा रहेको छ ।  उपसभामुख राना असार २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया