काठमाडाैं– नेकपा (एकीकृत समाजवादी) पार्टीकाे अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्षसमेत रहेका नेता सुदेश पराजुलीले महाधिवेशनले नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे बताएका हुन्।
‘सर्वसम्मत, सेन्ट-परसेन्ट, हलकाे अनुमाेदन माधवकुमार नेपालकाे नेतृत्वमा भएकाे छ र अरु विकल्प पनि छैन’, पराजुलीले भने। उनले महाधिवेशन सहमतिका साथ अगाडि बढेकाे बताउँदै विद्राेहकाे अनुमाेदन गर्ने र विद्राेह गर्ने मूल नेतृत्वलाई अनुमाेदन गरेकाे बताए।
अन्य पदमा भने निर्वाचनबाट पदाधिकारी चयन हुने उनले बताए।