गीतमार्फत् नै प्रचण्डलाई योगेशको जवाफ- झिक तुलो जोखौ आज कसको माया कति..

राम्रो अनलाइन     २८ असार २०८१, शुक्रबार
गीतमार्फत् नै प्रचण्डलाई योगेशको जवाफ- झिक तुलो जोखौ आज कसको माया कति..

 

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई गीतमार्फत् नै जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमाथिको छलफलमा भट्टराईले प्रचण्डलाई गीतमार्फत् नै जवाफ दिएका हुन् ।  जवाफमा आज भट्टराईले उदित नारायण झा र दीपा झाले गाएको र कालीप्रसाद रिजालको शब्दमा रहेको गीतमार्फत् जवाफ फर्काएका हुन् ।  उनले भने, 
कसले देला तिमीलाई माया मैले दिए जति
झिक तुलो जोखौं आज कसको माया कति..

यसअघि प्रचण्डले एमालेका ८ जना मन्त्रीले गत बुधबार सामूहिक राजीनामा बुझाइरहँदा प्रधानमन्त्री प्रचण्डले फत्तेमान राजभण्डारीले स्वर दिएको र यादव खरेलले रचना गरेको यो गीत सुनाएका थिए । उनले भनेका थिए,
जिन्दगीमा कहिले–कहिले 
कसैलाई माया गर्नु 
एउटा भूल गरें मैले...

 

प्रतिक्रिया