हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंहको निधन

राम्रो अनलाइन     ०४ भदौ २०८१, मङ्गलबार
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंहको निधन

 

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ।

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका– ५ मा दुर्घटना भएको थियो।

उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ। उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए। पार्टीमा मुक्ति उपनामले चिनिने उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान पनि हुन्।

प्रतिक्रिया