स्थानीय तह उपनिर्वाचन: ४५ प्रतिशत खस्यो मत

राम्रो अनलाइन     १६ मंसिर २०८१, आइतबार
स्थानीय तह उपनिर्वाचन: ४५ प्रतिशत खस्यो मत

 

काठमाडौं - स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान भएको हो ।

निर्वाचन आयोगका अनुसार यस ६ घण्टाको अवधिमा करिब ४५ प्रतिशत मतदान भइसकेको जानकारी दिएको छ । उसका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् ।

तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया