एमाले विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन, को को छन कार्यदलमा ?

राम्रो अनलाइन     ०२ जेठ २०७८, आइतबार
एमाले विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन, को को छन कार्यदलमा ?

काठमाडौँ  :नेकपा एमालेको विवाद मिलाउन कार्यदल निर्माण भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्तापछि वार्ता टोली गठन भएको हो । 

वार्ता टोलीमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । अर्काे तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।  

‘वार्ता टोली बनेको छ । सबै यसैले गर्छ, मैले तीन दिनभित्र सबै टुंग्याउनुपर्छ भनेको छु समय अलि पुग्दैन कि भन्ने कुरा आएको छ अब कार्यदल बसेर निर्णय गर्ला,’ नेपालले भने ।   

प्रतिक्रिया